बिहीबार ललितपुरमा मच्छिन्द्रनाथको रथ यात्रा विवादमा ढुंगा हान्ने युट्युबर पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले इमाडोलबाट पक्राउ गरेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप भएको थियो त्यही क्रममा प्रेस ज्याकेट लगाएर क्यामेरा बोक्दै प्रहरी माथि ढुङ्गा प्रहार गर्दै थिए । सुरुमा रथ तानिरहेका बेला प्रहरी हस्तक्षेप गरेर तितर वितर बनाएको भीड फेरि थप संख्यासहित रथ तान्न पुगेपछि पुल्चोक क्षेत्र रणमैदान जस्तै बनेको थियो। प्रहरीले भीड नियन्त्रण गर्न लाठी, अश्रुग्यास र पानीको फोहोराले प्रहार गरेपछि जवाफमा स्थानीय नेवार समुदायका युवाहरुले ढुंगामुढा, गुलेलीले आक्रमण गरेका थिए ।