राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणना अनुसार लिङ्देन विजयी भएको हो । उनले थापालाई १०० बढी मतले हराउँदै विजयी भएका हुन् ।