Menu

महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । 

आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो ।

संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनुभएका महरामाथि अनुसन्धान भैरहेको छ । 

यसअघि अनुसन्धान गर्न दिइएको १३ दिनको म्याद सकिएपछि अदालतले फेरि अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद थप गरिदिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad