काठमाडौं उपत्यकामा बुधबार थप १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जना संक्रमित थपिएका छन् । यसअघि मंगलबार ९हिजो० काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।