Coronavirus COVID-19

व्यबसायीको हितमा सुमार्गीको उमेदवारी

[Ads]

Advertisement

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र तत्कालीन मध्यमाञ्चल उद्योग वाणिज्य महासंघ अध्यक्ष रहेर नेउवा महासंघको कार्यकारिणी समितिका मनोनित सदस्य रहेका अरुणराज सुमार्गी महासंघको आसन्न महाधिवेशनमा मकवानपुर उदोग वाणिज्य संघका तर्फबाट जिल्ला नगर उद्योग वाणिज्य संघको खुलातर्फ कार्यकारिणी समिति सदस्यमा उमेदवार रहने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

केन्द्रीय सदस्य सुमार्गी उद्योगी व्यबसायीका निम्ति क्रियाशील र उद्योगी व्यबसायीको पक्षमा निरन्तर कलम चलाउनुका साथै विभिन्न सञ्चारमाध्यमबाट पनि आफ्ना विचार प्रस्तुत गरिरहने र उद्योगी व्यबसायीको पक्षमा चिन्तित गरिरहने व्यक्ति भएकोले उनलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ ।

उनको उमेदवारी स्वभाविक रहेको अनुरोध गर्दै संघले विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलापमा पनि सक्रिय रहेका उनले सकेसम्म आफ्नो दैनिकी उद्योग व्यबसाय सञ्चालन तथा व्यबस्थापनमा गुजारी समग्रमा समाजको हितार्थ अग्रसर देखिनु उद्योग वाणिज्य संघका लागि प्रेरणादायी विषय रहेको जनाएको छ ।

उनको सचेत, लगनशील र हार्दिक स्वभावका कारण महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुदा सबै जिल्ला नगर उद्योग वाणिज्य संघको भावनाको उचित प्रतिनिधित्व हुने विश्वास रहेको उद्योग वाणिज्य संघले जनाएको छ ।

तसर्थ सुमार्गीप्रति सद्भाव, सहयोग तथा समर्थनका लागि संघले अनुरोधसहित विभिन्न जिल्ला नगर युबा संघहरुलाई पत्र पठाएको छ ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...