Comments Add Comment

आज हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचारको लागि देशव्यापी दौडधुप गरिरहेका छन् । सरकारले आगामी मसिंर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरेसँगै देशव्यापी दौडधुप गरिरहेका छन् ।

यसैबिच आज बागमती प्रदेशको राजधानी हेटौंडा आईपुग्दै छन् । पार्टीले आज हेटौंडा उपमहानगरपालिका–४ स्थित रोयल पार्टी प्यालेसमा भेला गर्ने भएको छ । भेलालाई पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेला दिउँसो साँढे १२ बजे शुरू हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर