Coronavirus COVID-19

सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी, ३ सय रुपैयाँ बढ्यो

[Ads]

काठमाडौं – सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

Advertisement

यता, चाँदी भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा आएको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ७६० रुपैयाँ थियो । चाँदी भाउ प्रतितोला १२ सय ४५ रुपैयाँ रहेको थियो । 

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...