Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

रङैरंङको पर्व होली आज तराईमा मनाईदै, भोली जनकपुरमा मनाइने

Company Register

सद्भाव र आत्मियता साटासाट गदै आज रङैरंङको पर्व फागु अर्थात होली तराईमा मनाईदैछ ।नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ ।

Advertisement

जनकपुर बाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोली मात्र होली मनाउने तयारी छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ ।काठमाडौं उपत्यकासहित पहाडि र हिमाली जिल्लाहरुमा भने हिजो होली मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...