काठमाडौं – भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ।

बुधबार बिहान मुम्बईस्थित सिटी केयर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सञ्चारमाध्यममा आइरहेको जानकारी अनुसार मंगलबार राति बप्पी लाहिरीको स्वास्थ्य अचानक बिग्रिएको थियो । त्यसपछि उनलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो । ७० वर्षीया लहरी भारतीय संगीतका चर्चित हस्ती हुन्।