यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हल अफ फेम सिजन २ को आवेदन आह्वान


काठमाडौं – एमएनटिभी अष्ट्रेलियाले अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता गर्ने भएको छ। विश्व कोरोना भाइरस (कोभिड १९)को महामारीको चपेटामा परेको विषम परिस्थितिमा ‘हल अफ फेम सिजन २’ नामक गायन प्रतियोगिता गर्ने एमएनटिभीले जनाएको छ।

Advertisement
नेपाल र नेपालबाहिर विश्वमा छरिएर रहेका नेपालीहरुलाई नेपाली गीत संगीतको माध्यमबाट जोड्दै उनीहरुको सिर्जनात्मकतालाई निखार्दै संगीत क्षेत्रलाई एउटा प्रतिभाशाली सर्जक प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएको छ।
प्रतियोगितालाई एमएनटिभी अष्ट्रेलियाका साथै नेपालको एक राष्ट्रियस्तरको टेलिभिजनबाट समेत प्रशारण गर्ने योजना बनाएको आयोजकले जनाएको छ। प्रतियोगिताको निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमाल रहेछन्। कार्यक्रममाको संञ्चालन मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठले गर्नेछिन्।
प्रतिस्पर्धामा सहभागी हुन आवेदन दिने समय आगामी नोभेम्बर १५ सम्म राखिएको छ। निर्धारित समयसीमाभित्र प्राप्त भएका गीतहरुमध्येबाट टप ५० को छनोट गरी निर्णायक मण्डल समक्ष प्रस्तुत गरिनेछ। त्यसपछि खुला प्रतिस्पर्धामा समावेश गर्दै सर्वोत्कृष्ट गायक वा गायिकाको चयन हुनेछ। आम दर्शकले अफिसियल फेसबुकमार्फत अभिव्यक्त गरेको मत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा निर्णय हुने आयोजनकले जनाएको छ।
हल अफ फेम सिजन २ का विजेताले पाँच लाख नेपाली रुपैयाँ बराबरको प्याकेज प्राप्त गर्नेछन्। जसमा एक लाख नगद, गीत रेकर्ड, म्युजिक भिडियो निर्माण लगायतको प्याकेज समावेश छ।