काठमाडौं – रचना रिमाल र भीम दोर्जे तामाङको स्वर रहेको ‘दिलमाया’ गीतको भिडिओ रिलिज भएको छ।
गीतमा शब्द र संगीत रमेश दर्नालको छ। भिडियोमा गरिमा शर्मा र सुधिर श्रेष्ठको अभिनय छ। सुव्रत आचार्य अतिथि कलाकारको रूपमा अभिनय गरेकाछन् ।
शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडिओको छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहालले गरेका हुन्। भिडियो निर्माण दिपखुशी लामाले गरेकी हुन्।