निर्माता दीपकराज गिरी र उनको टिमले असोजको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’ को प्रमोशनका लागि दुर्गेश थापाको तीजमा राम्रो चलेको ‘बिच्च बिच्चमा’ बोलको गीतलाई यो चलचित्रको प्रचारमा प्रयोग गरिएको छ । तर, यो गीतको एउटा शब्दले भने सामाजिक संजाल तताएको छ । ‘यसपटक त दीपाश्री ब्याउने कुरा छ’ भन्ने लाइनले सामाजिक संजाल तातेको छ ।

अविवाहित दीपाश्रीलाई किन यस्तो खालको शब्द प्रयोग गरियो भन्नेहरु पनि धेरै देखिएका छन् । मिडियामा पनि सस्तो प्रचार र विवाद खोजिएको भन्दै आलोचना भैरहेको छ । यस विषयमा चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीसँग प्रश्न गर्दा उनले शब्दलाई नै ट्विस्ट गरेका छन् । गीतमा ‘दिपाश्री ब्याउने कुरा छ’ नभएर ‘बिहे हुने कुरा छ’ भनिएको उनले दाबी गरेका छन् ।