किरण घिमिरे ‘माइकल’ को आवाजमा गीत ‘फेवा’ सार्वजनिक भएको छ । माइकलकै शब्द र संगीत रहेको गीतलाई लक्ष्मण सुनारले सम्पादन र निर्देशन गरेका छन । शब्द रचनामा माइकललाई सुदिप आत्रयले साथ दिएका छन् । छुल्ठिम सँग तीर्थ कोजी भिडियोमा फिचर्ड छन् ।

भिडियो एरेञ्ज शैलेन्द्र एम. प्रधानले गरेका छन् भने सारङ्गी हेमन्त कान्छा रसाइलीको छ । आत्रेय प्रोडक्सन युट्युब च्यानल  बाट भिडियोलाई रिलिज गरिएको हो । हरि लामा र सुदिप आत्रेयको निर्माण रहेको भिडियोको दृश्य सौरभ लामाले खिचेका छन् ।