नायिका स्वस्तिमा खड्काको आज २५औँ जन्मदिन हो । विसं २०५२ मा जन्मिएकी स्वस्तिमाको यो २५औँ जन्मदिन घरमै परिवारसँग मनाएकी छिन् ।

स्वस्तिमालाई जन्मदिनको शुभकामना दिँदै उन्का पती निश्चलले सामाजिक संजालमा ‘ह्याप्पी बर्थडे बुढी” भनेर पोस्ट समेत गरेका यिए ।

https://www.facebook.com/nischalbasnet/posts/10163961083780637

स्वस्तिमाले होस्टल रिर्टन्स, २ रुपैयाँ, छक्का पञ्जा २, नाई नभन्नु ल ५, लभ लभ लभ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् साथै उन्ले कैयौँ म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

स्वस्तिमाले अभिनय गरेको कुटुमा कुटु बोलको गीत नेपालमा अहिलेसम्म सबैभन्दा धेरै हेरिने गीतको रेकर्डको शीर्ष स्थानमा रहेको छ । उक्त गीतमा स्वस्तिमाले आफ्ना पतिसँगै अभिनय गरेकी छिन् ।

प्रतिभाशाली अभिनेत्री स्वस्तिमालाई जन्मदिनको अवसरमा बिहानैदेखि शुभकामना दिनेको ओइरो लागेको छ ।

अभिनेत्री स्वस्तिमालाई जन्मदिनको अवसरमा onlinepatra.com परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।