चलचित्र ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेन्डको टिजरमा चलचित्रका दुई मुख्य पात्र अनमोल र सुहाना बीचको प्रेम, रोमान्स र विछोडका आयम समेटिएको छ । सन् २००२ मा शिव रेग्मीको निर्देशन बनेको हिट चलचित्र ‘ए मेरो हजुर’ चौथो श्रृंखलाको रुपमा यो चलचित्र निर्माण भएको हो ।

आगामी वैशाख १ गते सार्वजनिक प्रदर्शन हुने चलचित्र झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र झरनाकै श्रीमान् सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्रको यसअघि चैत्र २५ लाई प्रदर्शन मिति तोकिएको थियो । सो मिति पोष्टपोन्ड गर्दै निर्माण युनिटले चलचित्र वैशाख १ गते पुर्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू