हेटौंडा–१३ पदमपोखरीमा रहेको टासी छ्योइलिङ गुम्बालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार एक कार्यक्रमका बिच गुम्बालाई दश थान सिरक, डसना तकिया सहित  न्यानो कपडा वितरण गरिएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कपडा व्यवसायी अनिल अग्रवालले उपलब्ध गराइएको उक्त न्यानो कपडा नेपाली कांग्रेसका हेटौंडा नगर निवर्तमान सभापति आनन्दराम पराजुलीको प्रमुख अतिथ्यता तथा गुम्बा विकास समितिका अध्यक्ष लक्ष्मीमाया थिङको अध्यक्षतामा गुम्बालाई हस्तान्तरण गरिएको थियो ।

गुम्बामा बस्ने आनीहरुको लागि चिसो मौसममा न्यानो कपडा सहयोग गरिएको दाता अग्रवालले बताए । वितरण कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनी, कृष्ण थिङ, राजेन्द्र मैनाली, तेजकुमार स्याङ्तान, दीपक चौलागाई, बगान सिंह थिङ लगायतहरुको उपस्थिती रहेको थियो ।