2025-12-07 9:51 am

मकवानपुर गोल्डकप– शनिबार रोकिएको खेल आज हुँदै

हेटौंडा –५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तरगत शनिबारको खेल वर्षाका कारण स्थगीत भएको छ । शनिबार बिहानदेखि परेको वर्षाका कारण खेल मैदानमा पानी जमेपछि खेल प्रभावित भएको खेल संयोजक प्रताप विष्ठले जनाएका छन् । खेल तालिका अनुसार शनिबार ए पि एफ र फ्रेण्डस कल्ब बिच खेल रहेको थियो । उक्त खेल आज आइतबार बिहान हुने बिष्ठले बताए । त्यसैगरी आजै दिउँसो नेपाल पुलिस र खुमलटार क्लवबिच खेल हुने तालिका रहेको छ । प्रतियोगितामा १२ वटा क्लबको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad