Comments Add Comment

दोलखामा फेरी मतदान हुने

दोलखाका विवादित १० वटा मतदान केन्द्रमा फेरि चुनाव हुने भएको छ । ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए । त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको श्रोतले बताएको छ ।

बैत्यश्वरको वडा नं. ६ (क,ख,ग), वैत्यश्वरको ३ कालिढुङ्गा (क,ख,ग), बैत्यश्वर २ को जनज्योति (क,ख) ४ र तामाकोसीको हेल्थपोस्ट (क,ख) केन्द्रमा पुन चुनाव हुने छ । दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै