Comments Add Comment

मकवानपुर– १ मा दीपक सिंहको रोमाञ्चक जित

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंह विजयी भएका छन । बिहिबार सम्पन्न मतगणना अनुसार सिंहले २७ हजार ८१६ मत ल्याई विजयी भएका हुन । उनका निकट्तम सत्तारुढ गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ले २५ हजार ४३४ मत प्राप्त गरेकी थिईन ।

यस्तै एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरेका छन् । सुरुवातीदेखी अग्रता लिएकी नेतृ डिनाले बजार क्षेत्र गणनामा आएपछि अग्रतालाई कायम राख्न सकिनन। डिना र थापा बिच १४ मतको अन्तर देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले ५ हजार ६१३ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ९१ हजार १०९ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर