
शानदार जित निकाल्दै क्यामरुनको एभिनियर फुटबल क्लब चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार दिउँसो भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा एभिनियरले काठमाडौंको चर्च ब्वाइज क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अब एभिनियर एफसीले फाइनल प्रवेशको लागि जेठ २८ गते साविक बिजेता त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




