Comments Add Comment

राक्सिराङ–७ मा एमाले परित्याग गरी १५४ जना कांग्रेसमा

मकवानपुरको राक्सिराङ गाउँपालिका ७ मा नेकपा एमाले परित्याग गरी १५४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच युना चेपाङको नेतृत्वमा एमाले कार्यकर्ताले कांग्रेस सदस्यता लिएका हुन् ।

केही दिनअघि एमाले वडाध्यक्ष परित्याग गरी कांग्रेस प्रवेश गरेका पूर्णबहादुर चेपाङ र सम्झना चेपाङको पहलमा एमालेका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका बागमती प्रदेश सदस्य सन्तबहादुर प्रजा, चम्फुरत्न लामा, पार्टी मकवानपुर जिल्ला सचिव भीमसेन महत, महाधिवेशन प्रतिनिधि राजकुमार मल्ललगायतले नवप्रवेशीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए । नवप्रवेशीलाई सम्बोधन गर्दै महासमिति सदस्य प्रजाले सबैले निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका पक्षमा माहोल तयार गर्न आग्रह गरे । नवप्रवुशीलाई पार्टीमा उचित स्थान दिने प्रतिवद्धतासमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर