Comments Add Comment

हेटौडामा ३ एरियाका लायन्स कल्बहरु बिच अन्तरकृया सम्पन्न

हेटौडामा ३ एरियाका लायन्स कल्बहरु बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्ब अफ हेटौडा भुटनदेबीको आयोजनामा शनिबार भएको कल्ब टिउनिङ्ग एण्ड फिलोसिप कार्यक्रममा एरिया १ बाट लायन्स कल्ब अफ युनाईटेड सगरमाथा ,एरिया २ बाट लायन्स कल्ब अफ हेटौडा भुटनदेबी र एरिया ३ बाट लायन्स कल्ब अफ चित्तवन सिटी मर्सी बिच अन्तरकृया सम्पन्न भएको हो । कार्यक्रममा तिन कल्बहरुले गरेका गत्तिबिधि तथा आईपर्ने समस्याहरुको बारेमा छलफल भएको थियो ।

तिन कल्बहरु कसरी संचालित छन र कस्ता कस्ता कार्यक्रमहरु आयोजना भईरहेकाछन भन्ने बिषयमा चर्चापरिचर्चा भएको कार्यक्रम संयोजक लायन्स गौरी चिमोरीयाले बताउनु भयो । आगामी दिनहरुमा तिन एरियाका कल्बहरु बिच संयुक्तरुपमा कार्यक्रम आयोजन गर्ने सजिलोहोस र नयाँ कार्यक्रमहरुका बारेमा सबै कल्बहरुले अनुभब संगाल्न पाउन भन्दै छलफल आयोजना गरीएको संयोजक चिमोरीयाले बताउनु भयो । कार्यक्रम सिनियर डिष्ट्रीक कोचिफ एम जे एफ लायन्स राम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो । प्रमुख अतिथी लायन श्रेष्ठले यस्ता कार्यक्रम आयोजनाहुनुले कल्बहरु बिच आपासी सम्बन्धहरु बिस्तारहुने बताउनु भयो । उहाँले यो छलफल लायन्सको अबधारणामा आधारीत भएकाले यस्ले ठुलो भुमिका निर्बाह गर्ने बताउनु भयो ।

कार्यक्रममा बिशिष्ठि अतिथी नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य एबं लायन्स अरुणराज सुमार्गीले तिन एरियाका लायन्सकर्मीहरुको संयुक्त छलफलले नयाँ आयम थपिने बताउनु भयो । उहाँले तिन एरियाको सदभाब र सदाचार मित्रतामा पनि यो कार्यक्रमले अर्थ राख्ने भन्दै आगामी दिनमा अझ एक आपसमा समन्यहुन यसले भुमिका खेलेको बताउनु भयो । सामाजिक कार्यमा प्रतिष्प्रर्धा नहुनेहुदाँ सबै मिलेर सामाजिक कार्यहरु गर्न पनि उहाँले सुझाबदिनु भएको थियो ।

यस्तै कार्यक्रममा सिनियर डिष्ट्रीक एडभाईजर लायन्स करुणा महत्त,एरिया २ का रिजन थर्टीन रिजन चियरपर्सन लायन्स अंकिता सुमार्गी,एरिया दुईको एरिया कोचिफ लायन्स टासीडोल्मा तुम्बाहांफे,एल सी आई एफ डिष्ट्रीक कोअडिनेटर तथा लायन्स कल्ब काठमाण्डौ युनाईटेड सगरमाथाका संस्थापक अध्यक्ष लायन्स बिकेश ठकुरी,चित्तवन सिटि मर्सीका अध्यक्ष लायन्स उमा तिमल्सीना सुबेदी लगाएतले तिन एरियाका कल्बबिच भएको अन्तरकृयाले धेरै कुराहरु एकआपसमा साटासाट गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा खुसी ब्यक्त गरेका थिए । कार्यक्रम लायन्स कल्ब अफ हेटौडा भुटनदेबीकी अध्यक्ष लायन्स सिता महर्जनको सभा अध्यक्षतामा सम्पन्न भएको थियो । उहाँले कार्यक्रममा सहभागी सबैलाई धन्यबाद संगै मायाको चिनो पनि प्रदान गर्नु भएको थियो । कार्यक्रम संचालन लायन्स कल्ब अफ हेटौडा भुटनदेबीकी सचिब लायन्स श्रृजना मर्सीनीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर