आउँदै गरेको बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपनगरको मेयरमा कांग्रेसले एक महिला सहित तीन जनाको नाम सिफारिस गरिएको छ भने उपमेयरमा पनि ३ महिलाको नाम सिफारिस गरिएको छ। आइतबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले मेयरमा आनन्दराम पराजुली,उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो।

त्यसैगरी उपप्रमुखमा अमृता थापा , इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरिएको हो। नगर कार्य समितिले मेयर र उपमेयरको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले बताएका छन्।