
हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज शुक्रबार फाइनल प्रवेशको लगि घरेलु टोली विजय युथ क्लब हेटौंडा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज अपरान्ह् ४ बजे सुरु हुनेछ ।

घरेलु टोली विजय युथ क्लवले नव जनजागृती युवा क्लव सिमरालाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको थियो भने नेपाल पुलिसले मनाङ मर्स्याङ्दी क्लवलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । विजेता टोलीले भोलि शनिबार हुने त्रिभुवन आर्मी र क्यामरुनी एभिनियर क्लवबीचको विजेतासँग जेष्ठ ३० गते उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख नगद सहित शिल्ड ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
तस्विरः–गोल हेटौंडा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




