कोरोना भाइरस संक्रमण बढेसँगै हेटौंडामा हुने शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित भएको छ । माघ १६ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिता स्थगित भएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । संघका महासचिव युनाल मल्लले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएका छन् । कोरोना संक्रमण कम भएपछि मात्र खेलको मिती तय गर्ने जनाएको छ ।