मधेश प्रदेशले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । सोमबार नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले आज मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नाम र राजधानी तय भएको खुशियाली आज मंगलबार विदा दिने निर्णय गरिएको मधेश प्रदेश सरकारका प्रबक्ता तथा अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् ।