स्थानीय तहको निर्वाचन तोक्न सरकारलाई माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न माग गरेका हुन् ।

समयमै निर्वाचन नभए पालिका प्रमुख÷अध्यक्ष, उपप्रमुखरउपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिसलगायतका कार्यहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । चौतर्फी दबाब आएपछि आज गठबन्धनको बैठक बस्ने भएको छ । बैठकले निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल गर्ने भएको छ ।