काठमाडौं – नेपालमा आज थप ६२९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज थपिनेमा काठमाडौंमा १, भक्तपुरमा १, कैलालीमा १५१, झापामा ११, सुनसरी १ जना रहेका छन् ।  यस्तै मोरङमा १, सप्तरीमा ६, धनुषामा २०, महोत्तरीमा १२, सर्लाहीमा २१, वैतडीमा ४, बाजुरा ८ मा डोटी ४८ मा, कञ्चनपुरमा ८६, पर्वत मा २ जना थपिएका छन् ।

उता रौतहटमा ४४, धादिङमा २, चितवनमा १, तनहुँमा १, स्याङ्जामा ७, नवलपूरासी पूर्वमा ५, पाल्पामा १५, अछाममा २३, गोरखामा ३, कास्कमाी ४, बागलुङमा ९, कास्कीमा ५, लमजुङमा ५, पर्वतमा १, गुल्मीमा ५, कपिलवस्तुमा १, रुपन्देहीमा १, बाँकेमा ९, बर्दियामा १, दाङमा ७६, प्यूठानमा १०, जाजरकोटमा १, सुर्खेतमा १४, दैलेखमा ४ र कालिकोटमा १ जना रहेका छन् ।

यस्तै नेपालको ७६ जिल्लामा कोरोना फैलिएको छ । बागमती प्रदेशको रसुवामा अहिलेसम्म कोरोना देखिएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ छ ।

आज थप १०४ जना संक्रमित डिसचार्ज भएका छन् । तीमध्य ८ जना महिला र १०६ जना पुरुष छन् ।  योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ तीमध्ये १९७ जना महिला र २ हजार १ सय ४१ जना पुरुष रहेका छन् ।

https://www.facebook.com/mohpnep/videos/301883924312255/?t=0