2025-11-09 1:19 pm

हेटौंडा- ८ मा कांग्रेसका राम थापा विजयी

स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ८ को वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राम थापा विजयी भएका छन् । उनले उक्त वडामा एमालेको ४ दशकको लामो इतिहासलाई तोड्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले एमालेका उम्मेदवार बोल बहादुर कार्कीलाई पराजित गर्दै वडाध्यक्ष बनेका हुन्। उनले कार्कीलाई २४५ मतान्तरले पराजित गरेका हुन् । उनले २२१३ मत प्राप्त गर्दा पराजित भएका कार्कीले १९६८ मत प्राप्त गरेका थिए । साथै उक्त वडामा थापा नेतृत्व गठबन्धनका २ सदस्य र २ जना एमालेका सदस्य विजयी भएका छन् ।

About the Author

Ad
Ad