हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १२ को मतगणना जारी रहेको छ । हालसम्म ३६२१ मतगणना भएको छ । उक्त मतगणनाको परिणाम अनुसार वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार ५ मतले अगााडी रहेको छ । कांग्रेसका उम्मेदवारले ११०२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवारले १०९७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवारले १०३५ मत प्राप्त गरेका छन् ।