वसन्त सापकोटाको संगीतमा ‘तिम्रै नाम होस’ सार्वजनिक ( भिडियो )

अनलाइन पत्र संवाददाता२०७९ जेष्ठ ०६ No Comments

काठमाडौं ।  वरिष्ठ संगीतकार वसन्त सापकोटाको संगीतमा समावेश नयाँ म्युजिक भिडियो ‘तिम्रै नाम होस’ सार्वजनिक भएको छ।  प्रेमिल शैलीको यस गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारले लेखेका हुन्।

युवा युवतीबिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा  गायक राजेश पायल  राई र नायिका केकी अधिकारी फिचर्ड छन्। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो।

गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायत दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad