2025-12-11 8:48 pm

वसन्त सापकोटाको संगीतमा ‘तिम्रै नाम होस’ सार्वजनिक ( भिडियो )

काठमाडौं ।  वरिष्ठ संगीतकार वसन्त सापकोटाको संगीतमा समावेश नयाँ म्युजिक भिडियो ‘तिम्रै नाम होस’ सार्वजनिक भएको छ।  प्रेमिल शैलीको यस गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारले लेखेका हुन्।

युवा युवतीबिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा  गायक राजेश पायल  राई र नायिका केकी अधिकारी फिचर्ड छन्। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो।

गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायत दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad