Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लोकप्रिय गायक रामकृष्ण ढकालको ‘अधर’ सार्वजनिक (भिडियो)

Company Register

लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘अधर’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु) को शब्द रचना रहेको गीतमा शिखर सन्तोषले सङ्गीत भरेका  छन् ।

Advertisement

बेलायतमा बसेर पत्रकारितासँगै निर्देशनमा पनि अब्बल देखिएका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा निकै सुन्दर देखिने लन्डनका दृश्यहरू ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरू देख्न सकिन्छ । सार्वजनिक भिडियोमा भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीको अभिनय रहेको छ ।

डा दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउन्डेसनको प्रस्तुतिमा लन्डनस्थित केके मुभिजसँगको सहकार्यमा म्युजिक भिडियो तयार भएको हो । निर्देशक श्रेष्ठकै छायाङ्कन र सम्पादन रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...