यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
आशिषको ‘पानी बादलु’मा कार्टुन क्रुज र एलिशाको डान्स


‘पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी–पछ्यैरी’ जस्ता लोकप्रिय गीतका गायक एवम् मोडल आशिष सचिनको पानी बादलु बोलको नयाँ गीत सार्वजनिक भएको छ।

Advertisement
सार्वजनिक ‘पानी बादलु’ बोलको गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छिन्। दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायक सचिन स्वयम् फिचर भएका छन्। उनीसँगै भिडियोमा एलिशा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ। भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय रहेको छ।
गम्भिर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका छन्। भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन्।