Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

चलचित्र ‘गोर्खे’ को शीर्ष गीत सार्वजनिक

Company Register

Advertisement

काठमाडौं – चलचित्र ‘गोर्खे’ को शीर्ष गीत ‘गोर्खे गोर्खे’ सार्वजनिक भएको छ । शास शाक्यको स्वर र संगीत रहेको गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द सिर्जना छ । चलचित्रका चल-अचल दृश्य समावेश गरिएको गीतको भिडियोमा रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ लगायतका कलाकारहरु फिचर छन् । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाले निर्माण गरेको फिल्मले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा वाचन गरेको छ । फिल्ममा रविन्द्र र अर्जुनका अलावा अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको पनि अभिनय छ । काजी लिम्बुको कथा रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ । फिल्म सन्तोष ढकालले निर्देशन गरेका हुन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...