
सशस्त्र प्रहरी बल नेपाल बोर्डर सीमा आउट पोस्टले प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । आइतबार दिउँसो वीरगन्ज महानगरपालिका– १६ इनर्वानजिक दशगजा क्षेत्रको सीमास्तम्भनजिक फालिएको लागुऔषध बरामद गरेको हो । डाइजपाम एक सय ७८ थान, फेनारगन एक सय ७८ थान, नुफिन एक सय ७८ थान, नाइट्राभेटका १९ पत्ता र उइन साइरेक्स ३८ वटा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले जानकारी दिए । भारतबाट प्रतिबन्धित लागुऔषध लिएर आउँदै गरेका युवकले सशस्त्र प्रहरीलाई देखेपछि लागुऔषध छाडेर भागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




