यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

लागुऔषध बरामद


सशस्त्र प्रहरी बल नेपाल बोर्डर सीमा आउट पोस्टले प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । आइतबार दिउँसो वीरगन्ज महानगरपालिका– १६ इनर्वानजिक दशगजा क्षेत्रको सीमास्तम्भनजिक फालिएको लागुऔषध बरामद गरेको हो । डाइजपाम एक सय ७८ थान, फेनारगन एक सय ७८ थान, नुफिन एक सय ७८ थान, नाइट्राभेटका १९ पत्ता र उइन साइरेक्स ३८ वटा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले जानकारी दिए । भारतबाट प्रतिबन्धित लागुऔषध लिएर आउँदै गरेका युवकले सशस्त्र प्रहरीलाई देखेपछि लागुऔषध छाडेर भागेको उनले बताए ।