नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको अनलाइन शिक्षक प्रशिक्षणको ५६ औं सत्र तथा संगठन संस्थागत विद्यालय विभागको चौथो दिन आज सम्पन्न भएको छ । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश अध्यक्ष नीरबहादुर कार्कीको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलालाइ संवोधन गर्दै प्रमूख अतिथी कार्कीले शिक्षक आन्दोलनको विरासत बोकेको मकवानपुर जिल्लाले कोरोना कहरको यस्तो विषम परिस्थितीमा पनि शिक्षक प्रशिक्षणका माध्यमबाट देशकै गरिमा उँचो बनाएकोमा बधाइ समेत दिनुभएको हो । आज निरन्तर ५६ औं दिनसम्म पनि त्यो विराषत् पूरा गर्दै शिक्षक प्रशिक्षित गर्नुले शिक्षक संगठन आफ्नो क्षमता विस्तारमा पनि उत्तिकै क्रियाशील छ भन्ने पुष्टि गरेको बताउनुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो ।

संगठन संस्थागत विद्यालय विभाग अध्यक्ष सचिन लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ सचिव रामशरण रिजालले सञ्चालन गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिती सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, मकवानपुर अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष लक्ष्मी गजुरेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष आङ्ग मायाँ शेर्पा, अछाम उपाध्यक्ष गीता ढुङ्गाना, मकवानपुर जिल्ला समिति पूर्व सचिव केशव प्रसाद सञ्जेल, सचिवालय सदस्य कृष्ण पौडेल सहकारी अध्यक्ष सिताराम दाहाल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सदस्य सविता लामिछाने, भगवती पुडासैनी, शिब प्रसाद चौलागाइ, चुडा पौडेल, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी, संगठन हेटौंडा नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष शिब प्रसाद लामिछाने, बकैया पालिका उपाध्यक्ष हरिरहर खनाल, धादिङ सदस्य सरस्वती पाण्डे, मणिराम छतकुली, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ५७ औं सत्र तथा संगठन संस्थागत विद्यालय विभागको तेस्रो सत्र पनि भोलि बिहान ७ बजे देखि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति महासचिव हंस साही ज्यूको प्रमूख आतिथ्यता तथा STFT का केन्द्रिय समिति अध्यक्ष भूपती वत्स्यालको प्रशिक्षणमा हुने जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।