राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एस)की गोमादेवी तिमल्सिना विजयी भएका छन्। आज हेटौंडाको औद्योगिक क्षेत्रमा भएको निर्वाचनबाट पौडेल र तिमलसिना विजयी भएको हो । पौडेलले ४ हजार ७९४ मतभार प्राप्त गरे भने तिमल्सिनाले ४ हजार ८२४ मतभार प्राप्त गरिन् ।

बागमतीमा सत्तारूढ गठबन्धनले दुबै सिटमा जितेको हो। यसैगरि,विपक्षी दल नेकपा एमालेका गोपाल शाक्यले ४ हजार ३४४ मतभार र निरुकुमारी कुँवरले ४ हजार ३४४ मतभार प्राप्त गरेका थिए । यसैगरि,नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले कुल ८४ मतभार र गीता काफ्लेले ८४ मतभार प्राप्त गरिन् ।