मकवानपुर प्रहरीले कोभिड व्यस्थापन समिति मकवानपुरको आदेशविपरित मास्क नलाउने ७१ जनालाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले जारी गरेको आदेश उल्ल‌ङ्घन गरी हिंडडुल गर्ने उनीहरूलाई कारबाही गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी प्रवक्ता रिमालका अनुसार उनीहरूलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिएको हो ।