Breaking
7 Dec 2024, Sat

हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ २०८१’ हुने

हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ २०८१´ हुने भएको छ। एक तामाङ घर, एक डम्फु´ भन्ने मुल नारासहित ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रा.लि.को आयोजनामा आउँदो असोज १९ गते कार्यक्रम हुन लागेको हो। आयोजकले हेटौंडामा आइतबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराएका छन्।

नेपालीहरूको महान चाड बडा दशैंको शुभकामना आदानप्रदानसहित तामाङ समुदायको संस्कार, संस्कृति, कला, भेषभुषा र भाषाको संरक्षण, तामाङ मौलिक गीत संगीत र बाजाबारे जागरण ल्याउने तथा मकवानपुरे तामाङ कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ओपेराका सञ्चालक बिक्रम लुङ्बाले जानकारी दिनुभयो।

सेलो साँझमा मकवानपुरे कलाकारहरू सेलो गायक तथा संगीतकार प्रकाश तामाङ तितुङ र सुमिना लोको गायन प्रस्तुति लगायत अन्य विभिन्न प्रस्तुति समेत रहने लुङ्बाले बताउनुभयो। कार्यक्रम हेटौंडा-२ स्थित पल्पसा हलमा दिउँसो २ बजेबाट सुरु हुने र कार्यक्रमको प्रवेश शुल्क भने पछि तोकिने आयोजकले बताएका छन्।

Ad
Ad