हेटौँडा,२९ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकावडा नंबर ११ मा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

स्थानीय भीमप्रसाद ढुंगनाको घर बनाउने क्रममा करेन्ट लागेर काम गर्दै गरेका रविन सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।