बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित भएका तीन वटा विधेयकहरुलाई प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुखले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यावस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसंधान व्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।