निशा गुरुङ  / हेटौंडा–१४ को उत्तरपानी टोलमा जनप्रनिधि निर्वाचित भइसकेपछि पहिलो स्ल्याब ढलान सुरु भएको छ । करिब १० लाख रुपैयाँ लगातमा १ सय २० मिटर स्ल्याब ढलान बिहिवारबाट सुरु भएको हो । ढलानको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले १४ नम्वर वडा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामध्ये उत्कृष्ट वडा भएको बताए ।

No description available.

उनले १४ नम्वर वडालाई पहिलो वडा बनाउन वडा वडाअध्यक्षले धेरै मेहेनत गरेर विकास गरेको बताए । उनले हिजो दिनमा निर्वाचनमा जो जसरी हिडेपनि अबको दिनहरुमा पार्टीगत कुरा नगरेर विकासका लागि आफुले गर्नुपर्ने सहयोग र पुर्वाधारहरुको कुरामा सम्पुर्ण पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

No description available.

यसैगरी वडाका वडा अध्यक्ष दिपक खड्काले आफ्नो वडाका बाटोको स्ल्याब ढलान र आवश्यकता अनुसार चौडा गर्ने कार्यमा आफु जुटिरहेको बताए । उनले चुनाव सकेपछि विकासमा कुनै राजनिती नगरी १४ नम्वर वडालाई उत्कृष्ट बनाउन लागिपर्ने बताए । उनले वडालाई सफल पार्नका लागि उपमहानगरका उपमेयर बानियाँलाई आग्रह गरे ।