
हेटौंडामा जारी चौथो संस्करणको सहिद स्मृती स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत घरेलु टोली विजय युथ क्लव सेमिफाईनल प्रवेश गरेको छ । बिहिबार बिहान भएको खेलमा नवजनजागृती युवा क्लव सिमरालाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
खेलको पहिलो हाफमा गोल रहित बराबरी भएको थियो भने दोस्रो हाफको ९ औँ मिनेटमा विजयी युथ क्लवका खेलाडी अमिर श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएको थियो भने फेरी विजयी युथको तर्फबाट १९ औँ मिनेटमा सञ्जोग राईले टिमको लागि दोस्रो गोल गर्दै २–० गोलको अग्रता बनाएका थिए ।
त्यसैगरी सुनिल घलान थप अतिरक्त समयमा गोल गर्दै ३–० गोलको अग्रता बनाए । डिबक्स भित्र विजय युथका अमिर क्षेष्ठलाई फउल गरेपछि पेनाल्टी पाएका थिए । उक्त पेनाल्टी अमिरको बल बाहिरिएका थिए । खेलको म्यान अफ द म्याच सुनिल घलान घोषित भए । उनले नगद दश हजार सहित शिल्ड प्राप्त गरे ।
अब अर्को खेल शुक्रबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । बुधबारको भारी वर्षाका कारण खेल मैदान जलमग्न भएपछि खेल खेलाउन नसकिएको भन्दै आयोजकले प्रेस विज्ञप्ती निकालेर आज बिहानको लागि खेल हुने जनाएको थियो । त्यस्तै आज दिउँसो काठमाडौंको चर्च ब्वाईज क्लव र क्याम्रुनी एभिनियर क्लवबिच खेल हुने खेल संयोजक प्रताप विष्टले जनाएको छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




