
बुधबार वर्षाका कारण रोकिएको चौथो संस्करणको सहिद स्मृती स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत अहिले घरेलु टोली विजय युथ क्लव हेटौंडा र नवजनजागृती क्लव सिमराबीच खेल सुरु भएको छ । बुधबारको भारी वर्षाका कारण खेल मैदान जलमग्न भएपछि खेल खेलाउन नसकिएको भन्दै आयोजकले प्रेस विज्ञप्ती निकालेर आज बिहानको लागि खेल हुने जनाएको थियो ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा यही १९ गतेदेखि प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगिता यही ३० गतेसम्म सञ्चालन हुनेछ । बुधबार वर्षाका कारण खेल रोकिएकोले आज दुई खेल हुने भएको छ । आज दिउँसो काठमाडौंको चर्च ब्वाईज क्लव र क्याम्रुनी एभिनियर क्लवबिच खेल हुने खेल संयोजक प्रताप विष्टले जनाएको छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




