Comments Add Comment

विश्वकप फुटबल : स्पेन र जर्मनी बराबरीमा रोक्यो

विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो ।

स्पेनले खेलको सुरुवाती अग्रता बनाएको थियो । स्पेनका लागि आल्भारो मोराटाले खेलको ६२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ८३औं मिनेटमा निल्कास फुल्करुगले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए । आजको खेलमा बराबरी खेलेसँगै समूह ई को स्पेनले दुई खेलबाट ४ अंक जोडेको छ । यता जर्मनीले दुई खेलबाट १ अंक जोडेर अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राखेको छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै