इन्डियन प्रिमियर लिग (आईपीएल) १३औं संकरणको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआइसीसी) ले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। सेप्टेम्बर १९ देखि नोभेम्बर ३ सम्म लिग चरणका ५६ खेलको तालिका सार्वजनिक गरिएको छ । पहिलो खेल सेप्टेम्बर १९ मा मुम्बइ इन्डियन्स र चेन्नई सुपर किंग्सबीच आबुधाबीमा हुनेछ।
सेप्टेम्बर महिनाभर हरेक दिन एक–एक खेल मात्रै हुने गरी तालिका बनाइएको छ । अक्टोबर लागेपछि शनिबार र आइतबार २–२ खेल हुनेछन् । यूएईको दुबई, अबुधाबी र सारजाहमा गरी तीन रंगशालामा खेल हुनेछ । नेपानका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटलले दोस्रो दिन किंग्स ११ पञ्जावको सामना गर्नेछ । कोरोना संक्रमणको महामारीका बीच सुरु हुन लागेको आइपीएलका लागि सबै टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरु करिब एक महिनाअघि देखि नै युएई पुगेर निश्चित समय क्वारेन्टाइनमा बसी प्रशिक्षणमा सहभागी भइरहेका छन्।