देशभर पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै देशभर कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।