साईकल संघद्धारा हेटौंडाको फुड बैंकलाई खाद्यान्न सामग्री सहयोग

अनलाइन पत्र संवाददाता२०७७-०५-२१ No Comments

हेटौंडामा सोमबारबाट संचालनमा आएको फुड बैंकलाई मकवानपुर जिल्ला साईकल संघले आईतबार खाद्यान्न सामग्री सहयोग गरेको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरले सञ्चालन गरेको फुड बैंकलाई आईतबार समाजले १४ हजार ५ सय बराबरको चामल, दाल, नुन र तेल खाद्यन्न सहयोग गरेको हो ।

कोरोना संक्रमणको कारण दैनिक गुजरा टार्न समेत समस्या भएकाहरुको लागि भनेर सञ्चालनमा आएको फुडबैंकलाई जिल्ला संघको पदाधिकारी तथा सदस्यहरुले व्यक्तिगत रकम संकलन गरी सहयोग गरेको अध्यक्ष्य संगित श्रेष्ठले बताए । मकवानपुर जिल्ला साईकल संघका कार्यसमितिको उपस्थितिमा फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलाललाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

Ad
Ad