यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सानोपोखरा क्लबले घरमै पुगेर गर्यो ६ परिवारलाई खाद्यान्न सहयोग


सामाजिक बिकास मन्डल सानोपोखरा क्लबले संचालनमा ल्याएको फुड बैकबाट सोमबार ६ परिवारलाई घरमै पुगेर खाद्यान्न सामाग्री वितरण गरेको छ । खद्यान्न वितरणको स्वरुप परिवर्तन गरेर हेटौंडा – ५ नम्बर वडा भित्रका वास्तविक समस्यामा परेका र दैनिक छाक टार्न समस्यामा परेका परिवारहरुको यकिन गरेर वडाभित्र रहेका टोल विकास संस्थाहरुसँग समन्वय गरेर खाद्यान्न वितरण गरिने भनिएको कार्यक्रम अन्तर्गत खेलकुद तथा सामाजिक बिकास मन्डल सानोपोखरा क्लब द्वारा आयोजित हुनेले दिउ नहुनेले लिउ भन्ने अभियानलाई निरंतरता दिदै सोमबार बिहान सानोपोखराका एक बृद्ध र उहाको श्रीमति पनि अपांग हुनुहुने १ परिवारलाई र गर्दोइ चिसापानीका ५ परिवार गरि ६ परिवारलाई प्रति परिवार १० किलो चामल , २ लिटर तेल , २ किलो दाल नुन सोयाबिन खाद्यान्न सहयोग गरेको छ । खाद्यान्न सहयोग कार्यक्रममा क्लबका अध्यक्ष उमेश महत लगाएतको उपस्थिति रहेको क्लबका सल्लाहाकार बिशाल राज महतले बताएका छन् ।

Advertisement