Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायक हेमन्त शर्माको ‘तिमी बाहेक मेरो कोही छैन’ सार्वजनिक (भिडियोसहित)

Company Register

काठमाडौं – चर्चित गायक हेमन्त शर्माको नयाँ गीत ‘तिमी बाहेक मेरो कोही छैन’ सार्वजनिक भएको छ ।

Advertisement

गीतमा हेमन्त शर्मा र एलिना चौहानको स्वर रहेको छ । गीतको शब्द तथा संगीत गायक स्वयंको छ । गीत एरेन्ज कृष्ण बिकेले गरेका छन् । गीतको भिडियो पल शाहले सम्पादन गरेका हुन् । नितिन चन्दको निर्देशन रहेको गीतमा कोरियोग्राफी देवेन्द्र पाण्डेको छ भने क्यामेराको काम रुपेश थापाले गरेका छन् ।

गीतको भिडियोमा पल शाह र रियासा दाहालको अभिनय देख्न सकिन्छ । भिडियो निर्माण प्रकाश राज र खिमा थापाले गरेका हुन् । गीत हेमन्त शर्माको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...